कोरोनाबाट ज्यान जानेको संख्या दुई सय नाघ्यो

 भदौ १३, २०७७

तुलसीपुर,१३ भदौ ।

कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २ /२ जनाको मृत्यु भएको छ ।

यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एक, एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ ।

तपाईंको प्रतिक्रिया