दाङमा दलित युथ एलायन्सको शाखा विस्तार

 भदौ १३, २०७७

तुलसीपुर,१३ भदौ ।

दाङमा दलित युथ एलायन्सको जिल्ला शाखा विस्तार गरिएको छ । तुलसीपुरमा आज भएको एक भेलाले गिता विकको अध्यक्षतामा ७ सदस्यीय कमिटि विस्तार गरिएको हो । जस्को उपाध्यक्षमा अमर विक, सचिवमा अंग रमन परियार, कोषाध्यक्षमा नारायण विक लाई चयन गरिएको छ । यस्तै,एलायन्सको सह–सचिवमा सुशिल परियार, सदस्यहरुमा धर्म परियार र सन्ध्या नेपाली रहेका छन ।

काठमाण्डौमा केन्द्रीय शाखा रहेको एलायन्सले दलित माथि हुने जातिय विभेद तथा छुवाछुतका विरुद्ध समाजमा सचेता फैलाउने भएको छ । संयुक्त दलित युवा अभियानका स्कुलीङ विभाग प्रमुख नारायण परियारको अध्यक्षता तथा दलित युथ एलायन्सका केन्द्रिय कोषाध्यक्ष प्रकाश सेपाईलीको प्रमुख आतित्थ्यमा भेला भएको थियो ।

तपाईंको प्रतिक्रिया