सर्वसाधरण भन्छन- लकडाउन सगैं परीक्षण बढाऔं

 भदौ १४, २०७७

तुलसीपुर,१४ भदौ ।
कोरोना जोखिम बढेपछि दाङमा आज रातीबाट लकडाउनको घोषणा गरिएको छ । जिल्लामा समुदाय स्तरमा कोरोना देखिएपछि लकडाउनको घोषणा गरिएको हो । यता सर्वसाधरणले भने लकडाउनको बिकल्प नभएको तर परीक्षणको दायरा बढाउनुपर्ने बताएका छन ।

परीक्षणको गति सुस्त भयो भने लकडाउनको कुनै औचित्य नहुने तुलसीपुर निवासि राजन अधिकारीले बताए । रोगको संक्रमण बढ्दै गएपछि लकडाउन गर्नु राम्रो भएपनि हरेक घरमा एक जनाको पिसिआर परीक्षण गर्नुपर्ने तुलसीपुर ९ बेलुवा निवासि भगवती रेग्मीको भनाई छ । कडाउन लम्बीदै गए ब्यवसायको घर भाडामा छुटको ब्यवस्था हुनुपर्ने नँया बसपार्क निवासी टिकाराम केसीले बताए ।

तपाईंको प्रतिक्रिया