‘जनताको गुनासा सुन्दै चौधरी’

 भदौ १४, २०७७

देउखुरी, १४ भदौ ।
प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले दाङ निर्वाचन क्षेत्र नं. १ अन्र्तगत लमहीका विभिन्न वडाहरुमा पुगेर स्थानियहरुसंग छलफल गर्नु भएको छ । शनिवार सदस्य चौधरीले लमही नगरपालिका वडा नम्बर ८ बिचका गाउँ, सतवरीया, कोल्तरा हुदै अमिलिया स्थित सिमा क्षेत्र (शिवखोला) का स्थानियहरुसंग बसेर गाउँको समस्या बारे वृहत रुपमा छलफल गर्नु भएको हो ।

विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरस (कोभिड १९ं)को बेला आफनो निर्वाचन क्षेत्र अन्तरगतका गाउँमा पुगेर स्थानियहरुको गुनासो र उहाँहरुको मागलाई सम्बोधन गर्न गाउँ प्रवेश गरेको चौधरीले जानकारी गराउनुभयो । गाउँमा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीलाई फुलमालाले स्वागत गर्दै, स्थानिहरुले गाउँका विभिन्न समस्याहरु राखेका थिए ।
स्थानियहरुले वर्षेनी झेल्दै आएका समस्याहरु अन्तरगत खहरले खोलाहरुले खेती योग्य जमिन कटान गरेको, वर्षायाममा राप्ती नदी गाउँमा पस्ने समस्या, चुरे क्षेत्रमा लगाइएको तटबन्ध राप्ती नदीमा आउने बाढीले बगाएको लगायत विभिन्न समस्याहरु सदस्य चौधरी सामु राखेका थिए ।

सदस्य मेटमणी चौधरीले स्थानियहरुले छलफलमा गरेको गाउँका सबै समस्यालाई समाधान गर्ने र गाउँमा विकासको लागि राखिएको मागलाई छिटो भन्दा छिटो सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

तपाईंको प्रतिक्रिया