सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८

 भदौ १४, २०७७

काठमाडौँ, १४, भदौ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा ४२९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा ३७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईंको प्रतिक्रिया