कालिकोट पहिरो : १० जनाको शव निकालियो

 भदौ १५, २०७७

तुलसीपुर,१५ भदौ ।

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडां नम्बर १ मा पहिरोले पाँच वटा घर भत्किदा १२ जना पुरिएको घटनाप्रति कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले चासो राखेका छन । उनले मृतक परिवारप्रति सम्वेदना र मृतकप्रति शोक व्यक्त गर्दै मुख्यमन्त्री शाहीले पहिरो प्रभावितको तत्काल उद्दार राहत र बस्ती स्थानान्तरणमा जुट्न स्थानीय सरकार र गृह प्रशासनलाई निर्देशन दिए ।

पहिरोका कारण वडा नम्बर १ का ललि नेपाली, मन्दिर कटुवाल, धनपति विक लगायतको घर भत्किदा १२ जना घरभित्रै पुरिएका थिए । बेपत्ता भएका १२ जना मध्ये दुई जनाको जिवितै उद्दार गरिएको थियो भने १० जनाको शव निकालिएको थियो ।

तपाईंको प्रतिक्रिया