उपचार गराउन गएका तुलसीपुरका दुई महिलामा कोरोना संक्रमण

 भदौ १६, २०७७

तुलसीपुर,१६ भदौ ।

तुलसीपुरमा दुई कोरोना संक्रमित थपिएका छन । उपचारका लागि चितवन र नेपालगन्जमा पुगेका दुई महिलामा कोरोना संक्रमण देखिएको कोरोना भाईरस फोकल पसर्न विमल केसीले जानकारी दिएका छन । उपचारका लागि चितवन पुगेकि तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ८ कि ६५ बर्षिय महिला र नेपालगञ्ज पुगेकि वडा नम्बर ९ कि ६० बर्षिय महिलामा परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

यस सगैं तुलसीपुरमा संक्रमितको संख्या ९६ पुगेको छ । यस्तै ४८४ जनाको रिर्पोट आउन बाँकि रहेको छ । समुदाय स्तरबाट समेत संकलन गरिएका २५० स्वाव नेपालगञ्ज र २३४ स्वाव राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको केसीले जानकारी दिएका छन । यी स्वाव परीक्षणको रिर्पोट आज आउने जनाईएको छ ।

तपाईंको प्रतिक्रिया