बालविवाह गर्ने र गराउने ५ जना पक्राउ

 भदौ १६, २०७७

तुलसीपुर,१६ भदौ ।
सल्यानमा बालविवाह गर्ने र गराउने ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बागचौर नपा वडा नं. ८ गैरागाउं निवासी बेहुलाका बुवा रेशम प्रसाद शर्मा, बेहुलाका आमा , बेहुला बर्ष २५ का दिपेन्द्र शर्मा, बेहुली बाँके बैजनाथ गाउँपालका वडा नं १ गाभर बस्ने बर्ष १८ कि लक्ष्मी जैसी र पुरोहित रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

भदौ १४ गते बिहान बाल विवाह भई रहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालत थारमारे सल्यानबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका लाई जिल्ला अदालतबाट म्याद थप अनुमती लिई ईलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया