सन्दीपको टोली १९ रनले पराजित

 भदौ १७, २०७७

भदौ ,१६ ।

ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटको यो सिजन शानदार प्रदर्शन कायमै राखेको छ । ट्रिनबागोले मंगलबार राती भएको खेलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाजलाई १९ रनले हरायो ।

पहिला ब्याटिङ गरेको ट्रिनबागोले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । ट्रिनबागोका कोलिन मुन्रोले सर्वाधिक ६५ रन बनाए, ५४ बल खेल्दै । कायरन पोलार्डले १६ बलमा ३३ रन जोडे । सुनिल नारायनले ११ बलमा २९ रन बनाए । लेन्डल सिमोन्सले पनि २५ रन जोडे ।

तल्लावाजका कार्लोस ब्राथवैटले दुई तथा सन्दीप र फिडेल एडवार्ड्सले एक एक विकेट लिए । सन्दीपले चार ओभरमा २० रन खर्चिएका थिए । प्रतियोगिताको यो सिजन उनले १० विकेट लिएका छन् ।

तपाईंको प्रतिक्रिया