राप्ती नदीमा एक महिलाको शब फेला

 भदौ १७, २०७७


भालुवाङ, १७ भदाै ।

दाङ देउखुरीकाे राप्ती नदीमा एक बेबारिसे महिलाकाे शब फेला परेकाे छ । राप्ती गाउँपालिका वडा नम्बर २ काे राप्ती नदी कटाहाघाटमा अन्दाजी ४०/४५ बर्षकाे एक महिलाकाे शब फेला परेकाे हाे ।
बुधबार बिहान करिब ८ बजे स्थानीय गाउँलेहरू राप्ती नदी किनारमा दाउरा बटुल्न गएका बेला नदी किनारमा तैरिरहेकाे अवस्थामा उक्त शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
हरियाे बलाउज र निधारमा समान्य चाेट लागेकाे मंगाेलियन तथा पहाडिमुलकाे जस्ताे देखिने शब फेला परेका ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारूले जानकारी दिएका छन् । उक्त शबलाई लमही अस्पतालकाे शब गृहमा पठाईएकाे पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया