बालुवाटारमा ओली प्रचण्डबीच के भयाे छलफल ?

 भदौ १७, २०७७

काठमाडौं, १७ भदौ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बुधबार साँझ छलफल भएको छ ।विहीबार सचिवालय बैठक डाकिएकाले त्यसको पूर्वतयारीका लागि दुई अध्यक्षवीच बुधबार साँझ कुराकानी भएको हो । दुई अध्यक्षवीच के कुराकानी भयो भन्ने बाहिर आइसकेको छैन ।

तर, वामदेव गौतमले राष्ट्रियसभा सदस्यका लागि दाबी गरेपछि उत्पन्न परिस्थितिबारे छलफल भएको बालुवाटार स्रोतले बतायो । यसका साथै बिहीबार बस्ने सचिवालय बैठकका एजेण्डका सम्बन्धमा समेत दुई अध्यक्षबीच कुराकानी भएको बुझिएको छ ।

तपाईंको प्रतिक्रिया