दाङमा गरिएको परीक्षणमा ७ जनामा कोरोना देखियो

 भदौ १८, २०७७

तुलसीपुर,१८ भदौ ।

दाङमा गरिएको कोरोना परीक्षणमा ७ जनामा कोरोना देखिएको छ । राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ४३५ जनामा गरिएको परीक्षणमा ७ जनामा कोरोना देखिएको हो । संक्रमित मध्ये दाङका चार जना छन ।

घोराहीमा ९७ जनाको परीक्षण गर्दा तीन र गढवामा १४ जनाको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको हो । यस्तै,प्युठान नगरपालीकाका ७४ जनामा परीक्षण गर्दा २ र कपुरकोटका ६४ जनामा परीक्षण गर्दा १ महिलामा कोरोना देखिएको हो । उनि तुलसीपुर ५ निवासी महिला स्वास्थ्यकर्मी हुन । कपुरकोटमा कार्यरत छिन ।

तपाईंको प्रतिक्रिया