श्रीमानको हत्या गरेको अभियोगमा एक महिला पक्राउ

 भदौ १८, २०७७

हिरा परियार , रुकुम पश्चिम, १८ भदौ ।
रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा एक महिलालाई पक्राउ गरिएको छ । जिल्लाको बाफिँकोट गाउँपालिका १० की २२ वर्षिया अन्जना पुन बुढालाई श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । ३६ बर्षिय श्रीमान भिम बहादुर बुढाको हत्या गरि भिरमा फालेको अभियोगमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरिक्षक ठक बहादुर केसीले जानकारी दिनुभयो ।

भिम बहादुरको शव यहि १५ गते सोहि वडाको टुटुरे भन्ने ठाउँमा भिरमा अड्किएको अबस्थामा फेला परेको थियो । मदिरा सेवन गरि आफु संग झगडा गर्ने क्रममा अन्जनाले दाउराले श्रीमानको टाउकोमा प्रहार गर्दा मृत्यु भएपछि डोकोमा हाली भिरमा खसालेकि प्रारम्भिक अनुसन्धान बाट खुलेको प्रहरी नायव उपरिक्षक केसीले बताउनुभयो । भिम बहादुरका भतिजो नाता लाग्ने गजेन्द्र बुढाको जाहेरीको आधारमा उनिमाथि अनुसन्धान सुरु गरिएको भनाई छ ।

उनि बिरुद्ध कर्तब्य ज्यान मुद्धा दर्ता गरि हिरासतमा राखि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

तपाईंको प्रतिक्रिया