श्वास्थ्य सामाग्री उपलब्ध गराउन थोक व्यबसायीहरुलाई आग्रह

 भदौ २०, २०७७

तुलसीपुर,२० भदौ ।

नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रिय अध्यक्ष शिवराज बास्कोटाले कोविड १९ को बढ्दो संक्रमण न्युनिकरण गर्न स्वास्थ्य सामाग्री समेत उपलब्ध गराउन पहल गर्नको लागि संघमा आवद्ध सम्पूर्ण थोक व्यबसायीहरुलाई आग्रह गर्नु भएको छ । नेपाल औषधि थोक व्यवसायी संघ ५ न. प्रादेशिक समिति दाङका अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा भएका डिजिटल संवादमा यस्तो आग्रह गरेका हुन ।

संवादमा प्रमुख अतिथिको रुपमा बोल्दै केन्द्रिय अध्यक्ष बास्कोटाले कोरोनाको प्रकोप संगै विश्वभर आर्थिक मन्दी भएकोले बिदेशबाट आयात गर्नुपर्ने कच्चा पदार्थहरुको अभावको कारण नेपाली औषधी कम्पनीहरुलाई औषधी उत्पादन र बितरणमा समस्या भएको बताउनुभएको छ ।

साथै उहाँले वर्तमान परिस्थितीमा औषधीको खपत कम हुँदै गएकाले देशैभरिका थोक व्यवसायीहरुको गोदाममा ठुलो मात्रामा स्टक भएका सामानहरु म्याद गुज्रन लागेको हुँदा उक्त सामानको हिसाव यथाशिघ्र मिलान गर्न पनि कम्पनीहरुसंग आग्रह गर्नुभयो । डिजिटल संवादको सहजिकरण संघका महासचिव तुफानबाबु श्रेष्ठले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया