दाङमा लकडाउन लम्बीयो,बजार क्षेत्र दिउसो १२ बजे सम्म खुल्ने

 भदौ २१, २०७७

तुलसीपुर,२१ भदौ ।

दाङमा लकडाउनको स्वरुप परिवर्तन गर्दै थप एक हप्ता लम्व्याइएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको आज घोराहीमा बसेको बैठकले अगामी भदौ २८ गतेसम्म लकडाउनलाई जारी राख्न निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिएका छन ।
जिल्लामा कोरोना भाईरस संक्रमणको जोखिम समुदाय स्तरमै बढ्दै गएपछि भदौ २८ गते सम्म लकडाउन गरिएको हो ।

यद्यपी बजार क्षेत्र भने विहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म बजार खोल्ने र सार्वजनिक सवारी साधन बाहेक निजी सवारी साधन जोरबिजोर प्रणालीमा सन्चालन गर्ने निर्णय गरेको हो । यस्तैगरी होटेल व्यवसाय,सिनेमाहल, बार र रेष्टुरेन्ट पनि बन्द हुनेछन् । दिउँसो १२ बजेपछि भने पुर्ण रुपमा लकडाउन गरिने जनाईएको छ । बिहान ६ घन्टा खोल्दा बैंक तथा वित्तीय संस्था पनि मर्कामा नपर्ने र सबैलाई सहज हुने अनुमान गरेर यस्तो निर्णय गरिएको उनले बताए ।

यस अघि गत भदौ १४ गते राती देखी गरिएको लकडाउनको समयावधी आज राती १२ बजे सकिदै छ ।

तपाईंको प्रतिक्रिया