दंगिशरण २ मा लिफ्ट सिचाइ आयोजनाको काम सकियो

 भदौ २१, २०७७

तुलसीपुर,२१ भदौ ।
बृहत् दाङ सिचाइ आयोजना कार्यालय तुलसीपुर दाङले छोटो समयमा सोलार पावर मार्फत दंगीशरण २ सिमलकुनामा लिफ्ट सिचाइ आयोजना सम्पन्न गरेको छ । लामो समय सम्म सिचाईको समस्या भोग्दै आएका त्यहा स्थानीयलाई अव भने सहज हुने छ । अव उनिहरुले खेतबारीहरु सिचाई गर्न पाउने छन ।

नेकपाका युवा नेता एम.एन शाहको विशेष पहलमा आयोजना सम्पन्न भएको भन्दै स्थानियबासिले धन्यवादन समेत ब्यक्त गरेका छन । यसैविच,सिमलकुना लिफ्ट सिचाइ उपभोक्ता समितिले लिफ्ट सिचाइलाई सफल बनाउन दाङ बृहत् सिचाई आयोजना, प्राविधिक टिम लगायत प्रत्यक्ष अप्रत्यक्ष साथ , सहयोग दिनुहुने सबैलाई धन्यवाद व्यक्त गरेको समितिका कोषाध्यक्ष सिएम विश्वकर्माले बताएका छन ।

साथै लिफ्ट सिचाइको उद्घाटन ५ नं.प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलबाट गरिने उपभोक्ता समितिले जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया