प्रहरीलाई कुटेको आरोपमा पक्राउ परेका मध्ये एक जनामा कोरोना

 भदौ २२, २०७७

काठमाडौं,२२ भदौ ।

ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये एकजनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरले म्याद थप गर्नुअघि गरेको पिसीआर परीक्षणमा एकजनामा कोरोना पोजेटिभ देखिएको हो ।

ललितपुर प्रहरीका एक अधिकृतका अनुसार हाल पक्राउ पर्ने गरेका व्यक्तिलाई पिसीआर परीक्षण गर्नुअघि क्वारेन्टिनमा राख्ने गरिएको छ । पुल्चोकमा बिहीबार रातो मत्स्येन्द्र नाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

त्यसक्रममा ट्राफिक प्रहरी जवान कमल घिमिरे निर्घात कुटिएका थिए । झडपमा सहभागी प्रहरीसहित १८ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईंको प्रतिक्रिया