भारतबाट आएर किरिया बसेका ३ जनाकाे स्वाव सङ्कलन

 भदौ २२, २०७७

तुलसीपुर, २२ भदौ ।
तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाले किरियापुत्रीको घरमै पुगेर स्वाब संकलन गरेको छ । उपमहानगरकाे वडा नम्बर ११ को हसनापुरमा बुवाको मृत्यु पश्चात भारतबाट आएका पूर्णवहादुर वस्नेत, शान्ता बस्नेत र निमवहादुर वस्नेतको किरिया बसेकै घरबाट स्वाब संकलन गरिएको हो ।

पिसिआर परिक्षण नगर्दा अन्य भाइहरुसँग सँगै बसेर किरिया नगर्न गाउँलेले सुझाब दिएका थिए । भारतबाट आएको हुँदा कोरोना संक्रमणको जोखिम हुने भन्दै उपमहानगरपालिकाको टोलीले उनीहरुको स्वाब लिएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया