२२८७ कोरोना संक्रमित डिस्चार्ज

 भदौ २३, २०७७

तुलसीपुर,२३ भदौ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ८७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

योसँगै नेपालमा  ३२ हजार ९ सय ६४ जना संक्रमित  उपचारपछि निको भएका छन् । आज मन्त्रालयका अनुसार १० हजार ६ सय ११ जनाको पिसिआर परीक्षण भएको छ । जसमध्ये ९०२ जना कोरोना पोजेटिभ भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५ हजार ३ सय १० जना क्वारेन्टाइनमा छन् । संक्रिय संक्रमितको संख्या १४हजार २ सय ५९ रहेको छ ।

कोरोना भाइरसको संक्रमणबाट मंगलबार थप ६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ पुरुष र १ महिला गरी ६ जना संक्रमितको मृत्यु भएको हो ।

तपाईंको प्रतिक्रिया