हेकुलीका युवाहरुले गरे सरसफाइ

 भदौ २३, २०७७

दाङ, २३ भदौ ।
हेकुली युवा क्लवको आयोजनामा बाटो सरसफाइ तथा फोहोर ब्यवस्थापन का लागि बाटोमा ड्रम राख्ने कार्यक्रम सम्पन्न भएको छ । दङ्गिशरण गाउँ पालिका वडा नम्बर ३ हेकुली चोक देखि हेकुली गाउँ सम्म बाटो सरसफाइ गर्नुका साथै बाटो तथा चोकमा ड्रम राख्ने कार्यक्रम सम्पन्न गरेको हो ।

कोभिड १९ बाट बच्नका लागि गाउँ तथा टोल सरसफाइमा समेत ध्यान दिनुपर्छ भन्ने शन्देस दिनका लागि युवाहरुले सरसफाइ अभियानलाई अगाडि बढाएका हुन् । स्वच्छ र सभ्यताको पहिचान दिनका लागि सरसफाइ कार्यक्रम सञ्चालन गर्ने सल्लाह दिए अनुरुप युवा क्लवले सरसफाइ अभियानलाई अगाडि बढाएको क्लवका सल्लाहकार ओम चौधरीले बताए ।

युवा क्लवले अब गाउँमा रहेको भुइयारथान,बाटोघाटो सरसफाइ जुट्ने र फोहोर गर्नेलाई जरिवाना तिर्नुपर्ने गरि काम अगाडि बढाएको क्लवका अध्यक्ष रामहरि चौधरीले जानकारी दिए ।

क्लवका ४० जना बढि युवाहरुको सहभागीतामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।

तपाईंको प्रतिक्रिया