कांग्रेस नेता कोइरालालाई कोरोना संक्रमण

 भदौ २३, २०७७

तुलसीपुर,२३ भदौ ।

नेपाली कांग्रेसका महामन्त्री डा.सशांक कोइरालाई कोरोना संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण पुष्टि भएपछि महामन्त्री कोइरालाले यसबारे जानकारी दिँदै आफूलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या नदेखिएको जानकारी दिएका छन ।

उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णमा आवश्यक सजगता अपनाउन आग्रह गरेका समेत छन् । डा.कोइरालालाई सोमबार ज्वरो आए पनि मंगलबार भने अवस्था सामान्य रहेको छ ।

तपाईंको प्रतिक्रिया