दाङकाे गढवा र शान्तिनगरमा थपिए ३ संक्रमित

 भदौ २३, २०७७

तुलसीपुर, २२ भदौ ।
दाङमा अाज ३ कोरोना संक्रमित थपिएका छन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा गरिएको स्वाब परिक्षणमा २ पुरूष र १ महिलामा कोरोना पाेजेटिभ देखिएको स्वास्थ्य कार्यालय दाङका सुचना अधिकारी तथा कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन ।

थपिएका संक्रमित गढवा गाउँपालिकाका ५० वर्षीय १ पुरूष, ५६ वर्षीया १ महिला र शान्तिनगर गाउँपालिकाका २६ वर्षीय १ पुरूष रहेकाे चन्दले जानकारी दिए । यससँगै जिल्लामा सङ्क्रमितकाे सङ्ख्या ८४३ पुगेकाे छ ।

तपाईंको प्रतिक्रिया