देशभर सक्रिय काेराेना संक्रमित १५ हजार २५

 भदौ २४, २०७७

तुलसीपुर , २४ भदौ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २१९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, ओखलढुङगाका ३, खोटाङका २, झापाका ६, ताप्लेजुङका १, धनकुटाका ९, भोजपुरका ५, मोरङका ७७, सुनसरीका ५६, धनुषाका ३, पर्साका ६, बाराका १७, महोत्तरीका २, रौतहटका ७०, सप्तरीका २६, सर्लाहीका ६, सिराहाका ८१, काठमाडौँका ३९४, काभ्रेका ८, चितवनका २१, दोलखाका ३, धादिङका २, नुवाकोटका ४, भक्तपुरका ३६, मकवानपुरका ४२, रामेछापका ३, ललितपुरका ३४, सिन्धुपाल्चोकका ३, सिन्धुलीका १, कास्कीका १०, गोर्खाका १, तनहुँका ४, नवलपरासीपुर्वका १, पर्वतका १, लमजुङका ३, बागलुङका २, स्याङजाका १, कपिलवस्तुका ११, गुल्मीका २, दाङका १, नवलपरासीका १२, पाल्पाका २, बर्दियाका १३, बाँकेका २२, रुपन्देहीका ४२, जाजरकोटका १, दैलेखका २, सुर्खेतका २२,अछामका १, दार्चुलाका ३, बझाङका २ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ९१८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ।यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण भएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ।

तपाईंको प्रतिक्रिया