भारतमा दैनिक एक लाख सङ्क्रमित थपिंदै

 भदौ २५, २०७७

भदौ, २५ ।
भारतमा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ । दैनिक थपिने सङ्क्रमितको संख्या करिब एक लाख नजिक पुगेको छ । बुधवार भारतमा थप ९५ हजार ९ सय ५० जना कोभिड १९ का सङ्क्रमित थपिएका भारतीय सञ्चार माध्यमले खबर लेखेका छन् । अमेरिकामा सबैभन्दा धेरै संख्यामा संक्रमित पहिचान हुँदा त्यो ८० हजारभन्दा तल नै थियो।

तर, भारतले सबै रेकर्ड तोडिसकेको छ। ब्राजिललाई संक्रमित संख्यामा पछि पारेको भारतको कोभिड १९ को रफ्तार यही गतिमा कायम हुने हो भने पहिलो स्थानमा रहेको अमेरिकालाई दोस्रो स्थानमा पु¥याउने छ।भारतमा अहिलेसम्म ४४ लाख ६० हजार भन्दा धेरै संक्रमित संख्या पुगिसकेको छ। बुधवारमात्रै १ हजार १ सय ५२ जना संक्रमितको भारतमा मृत्यु भयो। यससँगै भारतमा मृत्यु हुने संक्रमितको संख्या ७५ हजार ६२ पुगेको छ। संक्रमितको संख्यामा भारत अमेरिकाभन्दा पछाडि छ भने धेरै मृत्यु हुने मुलुकको सूचीमा ब्राजिलभन्दा पछाडि।

अमेरिकामा १ लाख ९४ हजार कोभिड १९ संक्रमितको मृत्यु भइसकेको छ भने ब्राजिलमा १ लाख २८ हजार भन्दा धेरैको।बुधवार लाख नजिकै संक्रमित संख्या पहिचान हुँदा सबैभन्दा धेरै पहिचान महाराष्ट्रमा भएको छ ।

तपाईंको प्रतिक्रिया