कोरोनाबारे सचेतना जगाउदै रानिघाट युवा क्लब

 भदौ २६, २०७७

तुलसीपुर,२६ भदौ ।

तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ७ मा रहेको रानिघाट युवा क्लबले सन्चालन गरेको ३ दिने कोरोना सचेतना अभियानको राप्ती शान्ति उद्यान चोकमा पुगेर समापन गरिएको छ । क्लब का अध्यक्ष नारायण न्यौपानेको अध्यक्षता एवं कार्यपालिका सदस्य चित्रा मल्लको प्रमुख आतिथ्यता तथा राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्लीराज भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्ने बक्ताहरुले युवा क्लव स्थापना हुनु ठूलो कुरा नभएको बताउदै युवाहरु संगठित भएर सामाजिक जागरण फैलाउने काम गर्नुपर्नेमा जोड दिएका छन् । समाजमा हुने कुलत ,दुब्र्यनसी, विकृति तथा विसंगतीलाई न्यनीकरण गर्नका लागी युवा क्लवहरुको महत्वपुर्ण भुमिका हुने उनीहरुको भनाई थियो ।

कार्यक्रममा नेकपाका खगेश्वर पराजुली, प्राबि श्रीगैका प्रधानाध्यापक फर्साराम खनाल,नमूना टोल बिकास संस्थाका अध्यक्ष बालाराम रेग्मी,क्लबका सल्लाहकार शंकरमान बिष्ट लगाएतले बोलेका थिए । क्लबकी सदस्य टीका पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख तिथिबाट वृद्ध चुडा प्रसाद पोख्रेललाई मास्क वितरणको सुरुवात गदै विभिन्न टोल विकास संस्था, नागरिकलाई आयुर्वेदिक जडिबुटी लहरे गुर्जो बितरण गरिएको थियो ।

साथै क्लवले स्थापना गरेको राहत कोषमा कार्यपालिका सदस्य मल्ल, राजन भण्डारीले ५÷५ हजार, नेत्रमनी पोख्रेल,कालाखोलाका मित्रमनी पौडेलले जहनी २ हजार,इश्वरी खनालले ५ सय रुपैया आर्थिक सहयोग गरेका छन् । क्लवले सहयोग गर्ने सवैमा धन्यावाद ज्ञापन गरेको छ । कार्यक्रमको सहजीकरण क्लबका सचिव डिल्लीराज भुसालले गरेका थिए ।।

तपाईंको प्रतिक्रिया