श्रीमान्‌, श्रीमती र छोरा तीनैजना घरमै मृत भेटिए

 भदौ २६, २०७७

काठमाडौं, २६ भदौ ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा एकै परिवारका श्रीमान्, श्रीमती र छोरा तीनैजना मृत अवस्थामा भेटिएका छन्। नगरपालिकाको निकोसेरामा बाबुआमा र छोराको शव भेटिएको हो।

मृत फेला पर्नेमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी छन्। घरमा रहेको कुकुर पनि मरेको अवस्थामा भेटिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। प्रहरीले हत्या आशंकामा अनुसन्धान अगाडि बढाएको छ।

तपाईंको प्रतिक्रिया