आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

 भदौ २७, २०७७

काठमाडौं, २७ भदौ ।

‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने मूल नाराका साथ आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ ।

यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ को कारण विगत वर्षहरूमा झै आम उपस्थिति र सहभागितामा कार्यक्रम आयोजना गरिने छैन । यद्यपि नेपाल रेडक्रस सोसाइटीले विशेष सुरक्षा सावधानी अपनाउँदै प्राथमिक उपचार ज्ञान र सीपको प्रवद्र्धन गर्ने खालका भर्चुअल अभिमूखीकरण, कृत्रिम घटना अभ्यास, आकस्मिक प्राथमिक उपचार सीप प्रवद्र्धन लगायतका गतिविधिहरू ७७ वटै जिल्लामा आयोजना गर्दै आएको छ । हालसम्म मुलुकभर एक हजार दुई जना प्रशिक्षक र ३० हजार जना प्राथमिक उपचार स्वयंसेवकहरू विकास गरी सेवा प्रदान गरिएकोे नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

नेपाल रेडक्रसको प्राथमिक उपचार पाठ्यक्रमलाई नेपाल सरकारबाट मान्यता प्राप्त छ । नेपाल रेडक्रसले आफ्नो स्थापनादेखि नै प्राथमिक उपचार सेवालाई प्राथमिकतामा राखेर कार्य अघि बढाइरहेको छ ।

तपाईंको प्रतिक्रिया