उपमहानगरका कर्मचारी सहित २२ जनामा कोरोना पुष्टि

 भदौ २७, २०७७

तुलसीपुर,२७ भदौ ।

तुलसीपुरमा शनिवार २२ कोरोना संक्रमित थपिएका छन् । उपमहानगरको विभिन्न स्थानबाट ८९ जनाको नमुना स्वाव परिक्षणको लागि राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान दाङमा पठाइएकोमा २२ जनामा कोरोना देखिएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन ।

आज थपिएका संक्रमित उपमहानगरका ३ जना कर्मचारी रहेको केसीले जानकारी दिए । उपमहानगरका एक जना कार्यालय सहयोगि सहित ३ जना, वडा नम्बर ३,४ र १९ मा रहेका श्वास्थ्य संस्थामा कार्यरत ४ जना श्वास्थ्यकर्मि , २ जना कार्यालय सहयोगि समेत रहेका छन ।

तपाईंको प्रतिक्रिया