लमही–घोराही सडकखण्ड भत्कियो

 भदौ २८, २०७७

तुलसीपुर,२८ भदौ ।

दाङको लमही–घोराही सडकखण्ड भत्किएको छ । सडकखण्ड भत्किएपछि एकतर्फी मात्रै सवारी सञ्चालन गरिएको छ । लमही नगरपालिकामा पर्ने कुल्मोहर भन्ने स्थानबाट करिब २ किलोमिटर टाढा सडक भासिएको हो । पक्की सडकको एकातिरको भाग पहिरो गए जसरी भत्किएको छ । साथै सडकमा चिरा परेकोे छ ।

दुर्घटनाको जोखिम रहेकाले भासिएको ठाउँमा एकतर्फी सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ । सडक भासिएको स्थानमा वडा प्रहरी कार्यालयको टोली खटाइएको र सडक मर्मतको काम पनि भइरहेको प्रहरीको भनाइ छ ।

घोराही क्षेत्रमा सिमेन्ट कारखाना भएका र ती कारखानाका लागि आवश्यक ठूला टिपर र मालवाहक ट्रक नियमित सञ्चालन हुँदा सडक जीर्ण बन्दै गएको स्थानीयको भनाइ छ ।

तपाईंको प्रतिक्रिया