आज दिनभरको मौसम

 भदौ २९, २०७७

काठमाडौँ, २९ भदौ ।

देशभर सोमबारको मौसममा सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । सोमबार राति पनि देशभरको मौसममा सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

ाति प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । अहिले बिहान देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र अन्य प्रदेशका थोरै स्थानमा वर्षा भएको छ महाशाखाले जनाएको छ । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।

तपाईंको प्रतिक्रिया