आज कति छ सुनचाँदीको मूल्य ?

 भदौ ३०, २०७७

भदौ ३०,काठमाडौं।
नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर ९७ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदीको मूल्य पनि सोमबार तोलामा १३२० रुपैयाँमा कारोबार भएकोमा मंगलबार बढेर १३४० रुपैयाँमा कारोबार भएको छ । 

तपाईंको प्रतिक्रिया