संविधान दिवसमा नयाँ पाइलाद्धारा फलफूल वितरण

 असोज ०३, २०७७

बिजौरी , ३ असोज ।

संविधान दिवसका अवसरमा नयाँ पाइला पुर्न स्थापना केन्द्रले प्रादेशिक आयुर्वेद चिकित्साल बिजौरीमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । फलफूल वितरण कार्यक्रम संस्थाका अध्यक्ष सुरेश भुसालको अध्यक्षता एवम प्रादेशिक आयुर्वेद चिकित्सालका निमित्त प्रमुख डाक्टर गोकर्ण दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि अस्पतालका निमित्त प्रमुख डाक्टर गोकर्ण दाहालले अस्पतालको व्यवस्थापन पक्षलाई थप सुदृढ बनाउदै लैजाने बताउनुभएको थियो ।

दाहालले अस्पतालमा प्रदेशस्तरकै आयुर्वेदिक औषधि निर्माणशाला बन्न थालेको जानकारी दिनुभएको थियो । संस्थाका निर्देशक सुरेश भुसालले संस्थाले विभिन्न अवसरहरुमा सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको जानकारी दिनुभएको थियो ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख माया श्रेष्ठ,संस्थाका सल्लाहाकार सुनिलकुमार पोखरेल, संस्थाकी योग प्रशिक्षक संगीता उपाध्यायले बिरामीहरुलाई फलफूल वितरण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका प्रेस सल्लाहाकार गोकर्ण पौडेलले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया