संविधान दिवश: दाङमा १७ कैदीबन्दीको कैद मिनाहा

 असोज ०३, २०७७

तुलसीपुर,३ असोज ।

संविधान दिवशका अवसरमा दाङमा १७ जना कैदीबन्दीको बाँकी कैद मिनाहा गरिएको छ । घोराही कारागारबाट ११ जना र तुलसीपुर कारागारबाट ६ जना गरी १७ जनाको बाँकी कैद मिनाहा गरिएको हो । तुलसीपुर कारागारका जेलर युवराज परियारले दिएको जानकारी अनुसार सवारी ज्यान सम्वन्धी दुई जना, डाँकाचोरी सम्वन्धी १ जना र नकावजनी चोरी सम्वन्धी ३ जना गरी ६ जनालाई जेलमुक्त गरिएको हो ।

घोराही कारागारका जेलर विष्णु प्रसाद पाण्डेका अनुसार कर्तव्य ज्यान सम्वन्धीका ४ जना, सवारी ज्यान सम्बन्धीका ४ जना, हातहतियार खरखजना सम्वन्धी १ जना, ठगी सम्वन्धी १ जना र ज्यान मार्ने उद्योग सम्बन्धी १ जना गरी ११ जनालाई जेलमुक्त गरिएको छ ।

यसरी जेलमुक्त हुनेमा दाङका १३ जना , सल्यानका १ जना, सुर्खेतका १ जना र नवलपरासीका १ जना रहेका छन् । यो संगै तुलसीपुर कारगारमा अव ४५१ र घोराही कारागारमा २७६ जना कैदीबन्दी रहेका छन् । सरकारले प्रत्येक वर्ष सविधान दिवसका अवसरमा पचास प्रतिशत कैद भुक्तानी गरेका , असल चालचलन भएका र नकारात्मक सुचीमा नपरेका कैदीहरुको कैद मिनाहा गदै आएको छ ।

तपाईंको प्रतिक्रिया