उपमहानगर र १९ वटै वडा २९ गते सम्म बन्द

 असोज २२, २०७७

तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिका कार्यालय तथा १९ वटै वडा कार्यालयको सेवा केहि दिनका लागी बन्द हुने भएको छ । नगर प्रमुख सहित सचिवालय सदस्यमा कोरोना संक्रमण पोजेटिभ आएपछि विहिवार कार्यबाहक नगर प्रमुख माया शर्माको अध्यक्षतामा बसेको आपतकालिन बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले यहि असोज २९ गते बिहिवार सम्म तुलसीपुर उपमहानगरपालिका र सबै वडा कार्यालयमा सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुखका प्रेस संयोजक बसन्त आचार्यले जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया