शनिवार तुलसीपुर क्षेत्रमा चार घण्टा विद्युत अवरुद्ध हुने

 असोज २३, २०७७

तुलसीपुर ।

तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा भोली चार घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले दिएको जानकारी अनुसार तुलसीपुर वडा नम्वर ५, ६, ७, १४, १५ १६ र १७ का विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको हो । तुलसीपुर वितरण केन्द्र अन्र्तगतका एयरपोट तथा मानपुर र बिजौरी फिडर लाईन मार्फत वितरण गरिएका क्षेत्रहरुमा विद्युत लाईन सुधार गर्नुपर्ने भएकाले भोली विहान ८ बजेदेखी दिउँसो १२ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

उक्त प्रशारण लाईनमा बुस कटिङ तथा लाईन मर्मत सुधार कार्य गर्न लागीएको विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले जारी गरेको सार्वजनिक सुचनामा उल्लेख गरिएको छ । साथै ,सेवाग्राहीमा पर्न जाने असुविधा क्षमा प्राथी रहेको प्राधिकरणले बताएको छ ।

यदी तोकीएको समय भन्दा अगावै काम सम्पन्न भएमा विद्युत नियमित सेवा सुचारु हुने जनाईएको छ ।

तपाईंको प्रतिक्रिया