१३ हजार घुस माग्ने प्रहरी हवल्दार अख्तियारको फन्दामा

 असोज २४, २०७७

दाङ।
अख्तियार दुरुपयोग अनुसनधान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालयले एक प्रहरी हवल्दारलाई खुस सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाका प्रहरी कार्यालय खजुरा खुर्दमा कार्यरत प्रहरी हवल्दार राजेश बहादुर द्वाल रहेको शाखा अधिकृत श्रीधर टण्डनले जानकारी दिएका छन् ।

प्रहरी हवल्दार द्वालले साविक निजि जग्गामा रहेको आँप जातका रुख चिरान मिल र ईट्टा भट्टामा लैजानका लागी सहजीकरण गरीदिने भन्दै सेवाग्राही संग घुस वापत १३ हजार रुपैया मागेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको अख्तियारको टोलीले पक्राउ गरेको शाखा अधिकृत टण्डनले जानकारी दिएका छन् । उनलाई बाँके जानकी गाउँपालिका वडा नम्वर ३ मानपुर स्थित लक्ष्मी कोल्ड स्टोरबाट शुक्रवार रङगेहात नियन्त्रणमा लिईएको हो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको कार्यालयले बताएको छ ।

तपाईंको प्रतिक्रिया