कपुरकोटमा नेकपाको टोल कमिटी गठन

 असोज २४, २०७७

सल्यान ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपुरकोट गाउँपालिकाले वडा नम्बर ३ को टेकनडाँडामा टोल कमिटी निर्माण गरेको छ । शनिबार अर्जुन डांगी अध्यक्ष, नारायण खड्का सचिव रहेको ३१ सदस्यिय टोल कमिटी गठन गरिएको नेकपा ३ नम्बर वडाका सचिव पवन कार्कीले जानकारी गराए । नवगठीत टोल कमिटीका पदाधिकारिले सपथ ग्रहण पनि गरेका छन् । सो अवसरमा नेपाली कांग्रेस परित्याग गरी करिव एक दर्जन ब्यक्ति नेकपामा प्रवेश गरेको पनि उनले जनाए ।

नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य तथा कपुरकोट गाउँपालिकाका इन्चार्ज भिम बहादुर सेनले नव प्रवेशीहरुलाई टिका अविरले स्वागत गरेको थिए । प्रवेश गर्नेहरुमा टेक बहादुर डांगि, हिरा ओलि, नरेश ओलि डम्बर ओलि, लिल बहादुर ओलि, पार्वती डिसी, सीता बिक, लाल बहादुर बिक, केशर बहादुर ओलि, दल बहादुर ओलि, मनकली डांगि रहेका छन् । कार्यक्रमा नेकपा कपुरकोटका इन्चार्ज तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष सेनले अव सबैजना नेकपामा आवद्ध भएर विकासको गतिलाई तिब्रता दिनुपर्नेमा जोड दिएका थिए ।

नेकपा कपुरकोट गाउँपालिका ३ नम्बर वडा कमिटी अध्यक्ष भुबनेश्वर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पालिका कमिटी अध्यक्ष घनश्याम शर्मा, पालिका कमिटी सदस्य हरिलाल पुन, जित प्रसाद आचार्य, इश्वर बुढा, शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरि, २ न वडा कमिटी अध्यक्ष शेर बहादुर पुन, जगत बहादुर सेन, नरेश घर्ती लगाएतले मन्तव्य राख्दै संगठन विस्तार र सुदृढीकरणमा जोड दिएका थिए । कपुरकोट ३ को ४ वटा टोलमा कमिटि निर्माण भइसकेको नेकपाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया