विद्यालय सुधारको लागि समुदायको साथ अपरीहार्य

 असोज २५, २०७७

तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा रहको अमर माध्यमिक विद्यालयले स्वागत तथा विदाई कार्यक्रम गरेको छ । विद्यालयमा लामो समय सम्म सेवारत शिक्षक पदम प्रसाद न्यौपाने र कान्ता प्रसाद डाँगीलाई एक कार्यक्रमका विच आज विदाई गरेको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा नगर शिक्षा समितीका संयोजक देवराज विश्वकर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

माध्यमिह तह प्रथम श्रेणीका शिक्षक न्यौपानेले प्रधानाध्यापक रुपमा कार्यरत रहि २०७७ बैशाखमा अवकाश लिएका थिए भने डाँगीले २०७५ चैत सम्म सेवारत थिए । सो अवसरमा विदाइ हुनुभएका शिक्षकद्धयलाई विद्यालयको तर्फबाट सम्मान पत्र र शिक्षक कर्मचारीको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । यस्तै,विद्यालयको सहायक प्रधानाध्यापकमा नियुक्त हुनुभएका शिक्षक क्षेत्र बहादुर गिरी र प्राविधिक धार तर्फको संयोजक छवि किरण अधिकारीलाई स्वागत तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी विश्वकर्माले शैक्षिक सुधारको लागि सबै एक जुट भई अघि बढ्नुपर्नेमा जोड दिएका थिए । कोरोना महामारीका विच विद्यार्थीलाई केहि नँया कुरा सिकाउने अवसर मिलेपनि सावधानी अपनाउन आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै सेवा निबृत्त शिक्षक पदम प्रसाद न्यौपानेले विद्यालय सुधारको लागि समुदायको साथ आवस्यक रहनेमा जोड दिएका थिए । आफु कार्यरत रहदा विद्यालय छाड्ने विद्यार्थीको संख्या धेरै भएपनि समुदाय स्तर सम्म पुगेर शिक्षाको पहुचमा ल्याएको स्मरण गर्दै त्यस तर्फ ध्यान दिन सुझाव दिएका थिए ।

शिक्षक गोमा कुमारी बालान क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रधानाध्यापक पदम बहादुर वलीले सिकाई सुधारको लागी सबै जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमा विद्यालय ब्यवस्थापन समितिका सदस्य भागिराम चौधरी, सहायक प्रधानाध्यापक क्षेत्र बहादुर गिरी,पशु विज्ञान तर्फका संयोजक छविकिरण अधिकारी, अवकाश प्राप्त शिक्षक कान्ता प्रसाद डाँगी,विद्यार्थीहरु गजेन्द्र न्यौपाने,अजय धोवी,कमला पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रमको सहजिकरण शिक्षक नारायण प्रसाद भण्डारीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया