पश्चिम दाङमा बाल बिबाह घट्दै

 असोज २७, २०७७

दिप्तीशिखा चौधरी,दंगीशरण ।

दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काले दंगीशरण गाउँपालिकामा बाल बिबाहमा केहि कमी आएको बताएकि छिन् । गत बर्ष बालबिबाह न्यूनिकरण गर्नेका लागि अभियान नै संचालन गरेको बताउँदै यसलाई सार्थक्ता दिनका लागि योजना बनाएर अगाडि बढ्नुपर्ने बताईन् । दंगीशरण गाउँपालिकामा आज मंगलबार बालबालिका न्यूनिकरण रणनितिक योजना निर्माण सम्बन्धि प्रारम्भिक छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष खड्काले यस्तो बताएकि हुन् । उहाँले सिडले लामो समय देखि गाउँपालिका संग बाल बीबाह न्यूनिकरणका लागि सहकार्य गर्दै आएको भन्दै यसका लागि गाउँपालिकाले बजेट ब्यवस्थापन गर्ने कुरामा कन्जुस्याई नगर्ने बताईन् ।

सो अवसरमा महिला तथा बालबालिका शाखकि चन्द्रा वलीले गाउँपालिकाले बजेटको ब्यवस्थापन गरेमा बाल बिबाह न्यूनिकरण सम्बन्धि उपलब्धिमूलक कार्यक्रम संचालन गर्न सकिने बताईन् । यस्तै ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी प्रमुख कमल थापाले बाल बिबाह न्यूनिकरण गर्न अभिभावकले नै अभिभावकत्व भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए । कार्यक्रममा जनप्रतिनिधी, प्रहरी प्रशासन विभीन्न शाखा प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बाल बिबाहको अवस्था, बालबिबाहको रणनिती निर्माणको उद्धेश्य, बालबिबाह न्यूनिकरणको प्रकृया लगाएतका बिषयमा छलफल गरिएको थियो ।

छलफलका क्रममा सिडका कार्यक्रम संयोजक माधव चौधरीले दंगीशरणमा दोस्रो चरणको छलफलमा रणनितिक योजना बनाउँने र अन्तीम चरणमा छलफल मार्फत मस्योदा तयार पारी पालिकालाई पेश गरी बालबिबाह न्यूनिकरण सम्बन्धि कार्यक्रम अगाडि बढाउँने जानकारी दिए ।
सिडले गरेको सर्वेक्षण अनुशार दंगीशरण र शान्तिनगरमा समाजमा वातावरणिय शिक्षाको विकास सिडले आर्थिक बर्ष २०७५ र ०७६ मा गरेको सर्वेक्षणमा २३.५९ प्रतीशतले बाल विवाह गरेको देखिएको समाजमा वातावरणिय शिक्षाको विकासका कार्यक्रम संयोजक माधव चौधरीले जानकारी दिए ।

९ सय बालबालिकामा गरिएको सर्वेक्षणमा २ सय २३ जनाले बाल विवाह गरेको भेटियो । जसमा ९० जना अर्थात ४० प्रतिशत बालक र १ सय ३३ जना अर्थात ६० प्रतिशत बालिका रहेको जानकारी दिए । सिडले गाउँपालिकाको सहकार्यमा र जुरी नेपालको प्राविधिक सहयोगमा विगत दुई बर्ष देखि दंगीशरण र शान्तीनगर गाउँपालिकामा बालबिबाह न्यूनिकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।।

तपाईंको प्रतिक्रिया