उपमहानगरका सुचना अधिकृत सहित थप ८ जनामा कोरोना

 असोज २८, २०७७

तुलसीपुर ।
तुलसीपुरमा थप ८ जनामा कोरोना पुष्टि भएको छ । यसअघि आज नै १२ जना थपिएका थिए । पछिल्लो पटक थपिएका ८ जना संक्रमित मध्ये तुलसीपुर उपमहानगरका सुचना अधिकृत समेत रहेका छन ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक वाट लिएको पिसिआर परिक्षणमा उपमहानगरपालिकाका सुचना अधिकृत ,स्वास्थ्यकर्मी ,कर्मचारी सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया