सल्यानमा भाइले गरे दाइको हत्या

 असोज ३०, २०७७

सल्यान ।
सल्यानमा दाउरा प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १० थापाचौरमा २० बर्षिय भाइ देवीलाल पुनले आफ्नै २४ बर्षिया दाइ अमर पुनको हत्या गरेको वडाअध्यक्ष मानसिंह पुरीले जानकारी दिनुभयो । मदिरा सेवन गरेर झगडा हुदाँ दाउराले हिर्काएर भाइले दाइको हत्या गरेको जनाइएको छ ।

बिहीबार साँझ भाइले दाइको हत्या गरेर शव गाउँ नजिकैँको जोगेन्द्र भन्ने जंगलको ओढारमा फालेको अबस्थामा आज भेटिएको जनाईको छ । घटनाका बारेमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटना स्थलमा तर्फ गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरी टोली घटना स्थलमा पुगेपछि थप वितरण प्राप्त हुने सल्यान प्रहरी प्रमुख, डिएसपि गोबिन्द थापाले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया