तुलसीपुरमा दिनहु संक्रमित थपिदै, आज प्रबत्ता सहित ११ जनामा कोरोना पुष्टि

 असोज ३०, २०७७

तुलसीपुर ।
तुलसीपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकवाट लिइएको स्वावमा ७ जनामा र प्रादेशिक आयुर्वेद अस्पताल वाट लिईएको स्वावमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन । आज संक्रमित हुनेमा तुलसीपुर उपमहानगरपालिका प्रवक्ता श्याम डाँगी , गाँडी चालक ,आयुर्वेद अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी , लगायत अन्य व्यक्तिहरु रहेका छन ।
यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ३७२ जना र सकृय संक्रमितको संख्या १४६ जना रहेको फोकल पर्सन केसीले जानकारी दिएका छन । यस अघि हिजो २२ जनामा कोरोना देखिएको थियो ।

तपाईंको प्रतिक्रिया