देशभर ४३९२ जनामा कोरोना सङ्क्रमण

 असोज ३०, २०७७

तुलसीपुर ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित जानकारीका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले नयाँ थपिएका कोरोनाका सङ्क्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको बताउनुभयो । यसैगरी पछिल्लो २४ घन्टामा कोरोना मुक्त भएर ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ८८ हजार ४० जनापुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ

तपाईंको प्रतिक्रिया