आईपीएल: दिल्ली शीर्ष स्थानमा उक्लियो

 कार्तिक ०२, २०७७

दुबईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएलमा) सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले शिखर धवनको शतकमा सातौं जित निकालेको छ । राति भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किङ्सलाई ५ विकेटले हराएको हो । टस जितेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनायो ।

जितका लागि १८० रनको लक्ष्य पाएको दिल्लीले एक बल बाँकि छँदै ५ विकेट गुमाउँदै १८५ रन बनाएर रोमाञ्चक जित दर्ता गर्यो । अन्तिम ओभरमा अक्षर पटेलले आक्रामक ब्याटिङ गरेपछि दिल्लीको जित सहज बनेको हो । उनले ५ बलमा नटआउट २१ रन बनाए । दिल्लीको जितमा शिखर धवनले ५८ बलमा नटआउट १०१ रनको महत्त्वपूर्ण योगदान गरेका थिए ।

यो जितसँगै दिल्ली क्यापिटल्स १४ अंकका साथ लिगको शिर्ष स्थानमा उक्लिएको छ भने चेन्नाई ६ अंकका साथ छैठौं स्थानमा रहेकोे छ ।

तपाईंको प्रतिक्रिया