माटोको ढिस्कोले पुरिदा एक जनाको मृत्यु

 कार्तिक ०२, २०७७

तुलसीपुर ।

रुकुम पश्चिममा माटोको ढिस्कोले पुरिँदा एक जनाको ज्यान गएको छ । घर लिप्ने माटो लिन गएकी आठबीसकोट नगरपालिका ९ की शुसिला नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ ।

अरु तीन जना घाइते भएका र उनीहरुको राडीमा रहेको नगर अस्पतालमा उपचार भैरहेको प्रहरी निरीक्षक हरि बहादुर ओलीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया