बलात्कार गरेको आरोपमा सल्यानमा ७० बर्षिय बृद्ध पक्राउ

 कार्तिक ०२, २०७७


तुलसीपुर ।
बलात्कार गरेको आरोपमा सल्यानमा एक वृद्ध पक्राउ परेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका निवासी ५५ वर्षीया बोल्न नसक्ने एक महिलालाई बलात्कार गरेको आरोपमा सोही गाउँका ७० वर्षिय वृद्ध पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शनिवार दिउँसो ती वृद्धले महिलालाई बलात्कार गरेको भन्ने सुचना प्रहरीमा आएपछि बेलुका नै वृद्धलाई घरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । आरोपित वृद्धको जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया