२९४२ जनामा कोरोना सङ्क्रमण

 कार्तिक ०२, २०७७

तुलसीपुर ।

नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १ लाख ३२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा गत २४ घन्टामा १४ हजार ८ सय ७५ पीसीआर परीक्षण गरिएकोमा थप २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको जानकारी दिनुभयो । गत २४ घन्टामा थप २ हजार ३ सय २६ जना कोरोना सङ्क्रमणपछि स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।थप १२ जनाको गत २४ घन्टामा कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ ।

तपाईंको प्रतिक्रिया