असई मृत्यु प्रकरण : शव आफन्तले बुझेनन्

 कार्तिक ०३, २०७७

कैलाली ।

नेपाल भारत सीमा क्षेत्रमा हत्या गरिएको अवस्थामा फेला परेका प्रहरी सहायक निरीक्षक असई गोविन्द विकको शव आफन्तले बुझेका छैनन् । कैलालीको धनगढी उपमहानगरपालिका-२ को अस्थायी प्रहरी बिट जुगेडामा इन्चार्जको रुपमा कार्यरत विकको धारिलो हतियार प्रयोग गरी मोहना नदीमा फालेको अवस्थामा हिजो बिहान शव फेला परेको थियो ।

ड्युटीकै क्रममा हत्या गरिएका विकका आफन्तले घटनाबारे सत्यतथ्य पत्ता नलागेसम्म शव नबुझ्ने अडान राखेका छन् । विकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । ड्युटीकै क्रममा बेपत्ता भएका प्रहरी जवान रामसिंह साउदको अवस्था भने थाहा हुन सकेको छैन । साउदको एउटा जुत्ता र फुटेको अवस्थामा मोबाइल फेला परे पनि अवस्था पत्ता लाग्न सकेको छैन । उहाँको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ।

तपाईंको प्रतिक्रिया