तुलसीपुर उपमहानगरको नयाँ भवन बन्दै

 कार्तिक ०३, २०७७

तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिकाको प्रशासकीय भवनको शिलन्यास गरिएको छ । स्थानीय सरकारका रुपमा परिवर्तन भएपनि पुरानै भवनबाट सबै सेवा दिदै आएको भवनको नगरप्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया शर्माले संयुक्त रुपमा शिलन्यास गरेका हुन् । भवनको शिलन्यास गर्दै नगरप्रमुख पाण्डेले नयाँ भवन निर्माणसँगै जनताले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गरे । अहिलेको संरचना प्राप्त नभएको हुदा सेवा प्रवाहमा निकै जटिल भएको हुने गरेको उनले बताएका छन् । उपमहानगरपालिकाभित्र कोठा सिमित हुँदा विभिन्न कार्यालयहरु फरक फरक ठाउँमा राख्नुपरेको उनले जानकारी दिए ।

सेवा प्रवाहलाई संरचनाले प्रभाव पार्ने वताउँदे प्रशासकीय भवन निर्माणसँग विभिन्न कार्यालयहरु नगरपालिकाको प्राङ्गणमा सारिने पनि उनले वताए । ‘जनताले एकै ठाउँबाट सबैखाले सेवा पाउने गरी तयारी गरिएको उनले बताएका छन् । उपप्रमुख माया शर्माले उपमहानगरपालिको सेवा विस्तारसँगै भवन पनि विस्तारित गरिएको कुरामा जोड दिइन् ।

२ वर्षमा भवन निर्माण गरिसक्ने गरी तुलसीपुरको सिएम, प्रेमधन र स्लेट जेभिले ठेक्का पाएका थिए । जेठबाट निर्माण सुरु हुने भनिएको भवन लकडाउनका कारण असोजबाट सुरु भएपनि निर्धारित समयमै निर्माण सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । भवनको लागत ३ करोड ९० लाख रहेको छ । पाँच तलाको भवनमा अन्डरग्राउण्ड पार्किङ्ग समेत रहेको जनाइएको छ । कम्पनीले गएको जेठमा निर्माणको लागी सम्झौता गरीसकेको छ ।

तपाईंको प्रतिक्रिया