मिरौली बस दुर्घटना: १३ जना डिस्चार्ज

 कार्तिक ०३, २०७७

तुलसीपुर ।

पश्चिम दाङको दंगीशरण गाउँपालिका वडा नम्वर ५ मिरौलीमा आज विहान भएको बस दुर्घटनामा परि घाईते भएका मध्ये १३ जना डिस्चार्ज भएका छन् । बैबाङ्गबाट तुलसीपुर तर्फ आउदै गरेको ना ४ ख ७८४८ नम्वरको बस सोमवार विहान सवा १० बजे अनियन्त्रित भई दुर्घटना हुदा १७ जना घाईते भएका थिए ।

घाईते मध्ये सात जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागी कोहलपुर रिफर गरिएको प्रहरीले बताएको छ । रिफर हुनेमा तुलसीपुर ९ बेलुवा निवासी ८१ बर्षिया जेनिसा डाँगी, सोहि ठाउँ बस्ने ४५ बर्षिया ईन्द्रिरा परियार, तुलसीपुर ५ बस्ने ३८ बर्षिया शान्ती परियार, सोहि वडा बस्ने १२ बर्षिया मुस्काल परियार, दंगीशरण गाउँपालिका ५ बस्ने ४७ बर्षिया चोप कुमारी वली, सोहि गाउँपालिका वडा नम्वर ३ बस्ने ४० बर्षिया लिलावती खड्का र वडा नम्वर ४ बैवाङ बस्ने २३ बर्षिया शिला परियार रहेको प्रहरीले बताएको छ ।

अन्य १३ जना घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि डिस्चार्ज गरिएको बताईएको छ । साथै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी अस्पताल पुगेर दुर्घटनामा परी घाईते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले घाईतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

तपाईंको प्रतिक्रिया